राधिका अर्याल र विश्वबाबु पुडासैनी सचिवमा बढुवा
काठमाडौं । सरकारले रिक्त दुई सचिवमा राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई बढुवा गर्ने निर्णय गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद वैठकले निजामती सेवाका सचिवहरु डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि वरिष्ठताका आधारमा अर्याल र पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने काम भइरहेकोप्रति सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न निर्देशन दिएको मन्त्री ज्वालाले बताएका छन् ।
