महेन्द्र माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास


गुल्मीको सदरमुकाम तम्घासमा अवस्थित महेन्द्र माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास गरिएको छ । राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत विद्यालयमा चार कोठे भवनको शिलान्यास गरिएको हो । बिहिबार रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले विधिपूर्वक चारकोठे भवनको शिलान्यास गर्नुहुँदै समुन्नतिको पहिलो आधार शिक्षा भएको बताउनुभयो ।

नगरप्रमुख पन्थीले शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्यहरु गर्दै आएको बताउँदै शिक्षामा नगरपालिकाले कमी नराख्ने बताउनुभयो । गुणस्तरीय शिक्षा प्रवाह सबैको साझा उद्देश्य हुनुपर्ने मेयर पन्थीको भनाई छ । पचास लाख लागतमा निर्माण हुने यो भवन तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो ।
पूर्व विद्यालय समितिका अध्यक्षता तथा सल्लाहकार समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले शिक्षा निरन्तर चल्ने प्रक्रिया भएका कारण यसको थप विकासका लागि विश्राम लिन नहुने बताए । विद्यालय उपभोक्ता समिति मार्फत विद्यालयको भवन निर्माण सुरु गरिएको हो । यो विद्यालय आगामी असार मसान्तसम्म निर्माण कार्य गरिसक्ने गरी रेसुंगा नगरपालिकासँग सम्झौता गरि विद्यालयको भवन निर्माण कार्य सुरु गरिएको हो ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शालिकराम पन्थीले गुणस्तरीय शिक्षा प्रदानका लागि विद्यालय प्रतिवद्ध र सधैं अग्रणी स्थानमा रहेको बताउनुभएको छ । पन्थीले भौतिक निर्माणसँगै समयअनुकुल शिक्षा प्रवाहका लागि सिंगो विद्यालय परिवार दत्तचित्त भएर लागिरहेको बताउनुभयो ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शालिकराम पन्थीको सभापतित्व रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिका तम्घास गुल्मीका मेयर खिलध्वज पन्थीको प्रमुख आतिथ्यता, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनी, सल्लाहकार समिति संयोजक भुवनप्रसाद श्रेष्ठ, रेसुङ्गा नगरपालिका गुल्मीका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवाली, रेसुङ्गा नगरपालिकाका वडाका अध्यक्षहरु रामप्रसाद पन्थी, हिराबहादुर थापा, लिलाधर आचार्य, निरञ्जन काउछा, कृष्णप्रसाद पाण्डे, रामबहादुर बस्नेत,चेहरसिंह टण्डन, शिक्षक अभिभावक संघ अध्यक्ष डम्बर पाण्डे, पण्डित ढुण्डिराज पन्थीको आतिथ्यता रहेको थियो ।
यस्तै पूर्व वडा अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेय, सल्लाहकार समिति सदस्य शशी पन्थी, सल्लाहकार समिति सदस्य चुडमाणी पन्थी,महेन्द्र पूवं विद्यार्थी मञ्चका अध्यक्ष रामचन्द्र पन्थी, पूर्व निर्माण समिति संयोजक धनबहादुर श्रीस, विद्यालय व्यवस्थापन समिति सदस्यहरु युवराज भण्डारी, पुष्पा पन्थी, मोतिप्रसाद खनाल लगायतको आतिथ्यता रहेको थियो । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीको स्वागत मन्तव्य रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले यस विद्यालयको जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय भएको र यसका कार्यहरु नमुना योग्य रहेको बताउनुभएको थियो । कार्यक्रमको संचालन विद्यालयका सूचना अधिकारी शालिकराम पन्थीले गर्नुभएको थियो ।