एमालेमा किन भयो खैलाबैला ?
काठमाडौं । मध्यावधी चुनाव घोषणा गरेर काम चलाउमा परिणत भइसकेको बर्तमान सरकारले कार्यकारी सरकारको भुमिका सरह शुक्रवार मन्त्रिपरिषद बिस्तार गरेको छ । मन्त्रिपरिषद बिस्तार गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना बढेको छ । संबिधानले नदिएको अधिकार प्रयोग गरी जर्वजस्त रुपमा सरकार पुर्नगठन गरेको भन्दै कानुनबिदहरुले असन्तुष्टि जाहेर गरेका छन । प्रधानमन्त्री ओली आफैंले गरेको बाचा बन्धनलाई तोडेर तीनजनालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेपछि उनको सर्वत्र आलोचना शूरु भएको हो ।
यसअघि सरकारमा रहँदा राम्रो काम गर्न नसकेकोमाब आलोचित भएका रघुवीर महासेठलाई यतिवेला उपप्रधानसहित परराष्ट्र मन्त्री बनाएको छ । गत निर्वाचनमा धुनषा–४ बाट सांसद निर्वाचित भएका महासेठलाई उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिइएपछि एमाले भित्रबाटै प्रधानमन्त्री ओलीको तीब्र आलोचना भएको छ । आफैंले कार्यसम्पादनमा राम्रो काम गर्न नसकसेको भन्दै मन्त्रीबाट हटाइएका महासेठलाई उपप्रधानमन्त्रीको दोश्रो बरियातामा राखिएको छ । पहिलो बरियातामा उपप्रधानसिहत अर्थ मन्त्री बिषणुप्रसाद पौडेल रहेका छन । यसैगरी दोश्रोमा महासेठ र तेश्रोमा जनतासमाजबादी पार्टीका नेता राजेन्द्र महतोलाई उपसहित शहरी बिकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
महासेठको मन्त्रिपरिषदमा उपप्रधानसहित परराष्ट्र मन्त्रीको इन्ट्रीसँगै यसअघि सोही मन्त्रीपदमा रहेका प्रदीप ज्ञवाली भने पदमुक्त हुन पुगेका छन् । ३ फागुन २०७४ मा ओली प्रधानमन्त्री बनेपछि ज्ञवाली परराष्ट्र मन्त्री भएका थिए । प्रधानमन्त्री ओलीका एकदमै भरपर्दा र बिश्वासिला मन्त्रीका रुपमा चिनिएका ज्ञवाली नेकपा एमालेभित्र दोस्रो पुस्ताका प्रभावशाली, भद्र र शालीन नेताको चिनिन्छन । ज्ञवाली परराष्ट्रमन्त्री रहँदा नेपालको नयाँ नक्शा जारी गर्ने काम भएकोथियो । यसैगरी नेपालको उत्तरी छिमेकीमुलुक, चीनका राष्ट्रपतिको नेपाल भ्रमणलगायतका महत्वपूर्ण काम भएका थिए । नेकपा एमालेका पार्टी प्रवक्तासमेत रहेका ज्ञवालीको सरकारबाट भएको बर्हिगमनलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले खासै रुचाइएको पाइदैन ।
तर उनीहरुको चाहाना र इच्छाबिपरित ज्ञवालीलाई हटाएर परराष्ट्र मन्त्रालयमा महासेठलाई जर्वजस्तरुपमा भित्राइएको बिषयले पार्टीभित्र निकै नै चर्चा पाएको छ । ज्ञवालीसँगै २०७४ मा मन्त्री बनेका महासेठले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहंदा राम्रो काम गर्न नसकेको भन्दै उनी निकै आलोचित भएका थिए । प्रधानमन्त्री ओलीले ५ मंसिर २०७६ मा उनै महासेठलाई हटाएर सो मन्त्रालयमा बसन्त नेम्वाङलाई मन्त्री बनाएका थिए । तर यसपटक महासेठलाई उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रीमा नियुक्ति गर्नुमा शक्ति केन्द्रको दबावले काम गरेको बताइएको छ ।
हाल अर्थमन्त्री रहेका विष्णुप्रसाद पौडेललाई पनि शुक्रवारै उप–प्रधानमन्त्री बनाइएको छ । पौडेलपछिको वरीयतामा महासेठलाई राखिएको छ । नेकपा एमालेभित्र वामदेव गौतम निकट भनेर चिनिएका महासेठलाई सो जिम्मेवारी दिनुमा गौतमलाई रिझाउने खेलका रुपमा पनि बुझिएको छ । तर पछिल्लो पटक महासेठले गुट बदलेर उनी ओली गुटमा लागेका थिए । सोही कारण उनी २०७४ पाल्गुन ३ मा ओली सरकारमा मन्त्री बनेका थिए ।
तर मन्त्री रहँदा कार्यसम्पादनमा चित्त नबुझेको भन्दै प्रधानमन्त्री ओलीले महासेठलाई यसअघि नै पदमुक्त गरेका थिए । आफैंले काम गर्न नसकेको आरोपमा पदमुक्त गरेका महासेठलाई पुन सरकारमा भित्रयाउन प्रधानमन्त्री ओलीलाई कुन शक्तिले दवाव दियो र बाध्यता आइलाग्यो अहिले त्यसको खोजवीन गर्ने काम एमालेभित्रैबाट भइरहेको बताइन्छ । साथै प्रधानमन्त्री ओली लत्रिएर महासेठलाई किन महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी सुम्पन बाध्य भए भन्ने बिषय यतिखेर चर्चाको शिखरमा पुगेको छ ।
उनै महासेठले यसपटक बिस्तारित मन्त्रिपरिषदमा परराष्ट्र जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन । यसपटक पनि शक्तिशाली मन्त्रायलय हात पार्न महासेठले पुरानै शैली अपनाएको उनी निकटश्रोत बताउँछ । गएको ५ पुसमा प्रधानमन्त्री ओलीले संसद बिघटन गरेपछि महासेठ ओलीइतर समूहतिर दरो ढंगले उभिएका थिए । शुरुमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग नजिक भएका उनी केही दिन ओलीइतरका कार्यक्रहरुमासमेत सहभागी भएका थिए । तर केही दिनमै फेरी उनी गुट बदलेर बालुवाटारतिर नजिक हुनपुगे । प्रधानमन्त्री ओलीलाई साथ दिए बापत गएको १० पुसमा पत्नी जुली महतोलाई मन्त्री पदमा नियुक्ति दिलाउन सफल भए । सत्तारुढ दल एमालेका समानुपातिक सांसद रहेकी महतोले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी पाएकी थिइन । पतिको मन्त्रीमा नियुक्ति भएसँगै ५ महिनापछि उनी पद मुक्त भएकी छन ।
