प्रेस काउन्सिल नेपालको अध्यक्षमा बस्नेत
काठमाडौं । युवा पत्रकार बालकृष्ण बस्नेत प्रेस काउन्सिल नेपालको अध्यक्षमामा नियुक्त भएका छन् ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार बर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
लामो समय कान्तिपुर दैनिकमा काम गरेका बस्नेत पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पनि हुन ।
कानूनमा दख्खल राख्ने बस्नेत यसअघि नेपाल टेलिभिजनको बोर्ड सदस्य समेत नियुक्त भएका थिए ।
दोलखा स्थायी घर भएका बस्नेत कान्तिपुर दैनिकमा रहँदा व्यबसायिक पत्रकारीतामा पोख्त थिए ।
यसअघि प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले काम गर्दै आएका थिए ।
संचार र कानुन दुबैका अनुभवी बस्नेतले पत्रकारितामा झाङ्गिएको विकृतिलाई नियमन गर्दै स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताको विकासका लागि उदाहरणीय काम गर्ने अपेक्षा गरिएको छ ।