काँग्रेस र माधबहरुले ओलीलाई आच्छु–आच्छु पार्ने
काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेस र आफनै पार्टीका नेताहरुले आच्छु–आच्छु पार्ने भएका छन । नेपाली काँग्रेसको गत शुक्रवार बसेको केन्द्रिय समिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको छ ।
ओलीको राजीनामा माग भएसँगै आफनै पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी पनि काँग्रेसले थालेको छ । प्रधानमन्त्री ओलीले गएको पुस ५ मा प्रतिनिधिसभा बिघटन गरेकोमा बिरोध गर्दै काँग्रेसले संसद पुर्नस्थापनाको माग गरेको थियो । सर्वोच्च अदालतले ११ फागुनमा संसद पुर्नस्थापना गरेसँगै नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा नदिएको भन्दै काँग्रेसले केन्द्रिय समिति बैठकमा असन्तुष्टी जनाएको थियो ।
प्रधानमन्त्री ओलीको कदमलाई संसदमा प्रमुख प्रतिपक्ष दलको हैसियतले त्यतिवेला काँग्रेसले प्रतिगमन भनेको थियो । अदालतले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्दै गलत ठहर गरिदिएपछि स्वत राजीनामा गर्नुपर्ने ठहर पनि काँग्रेस बैठकले गरेको छ । आफैंले सरकारको कदमलाई प्रतिगमन भन्ने र यही सरकारलाई टिकाइ राख्ने हो भने प्रतिपक्ष दलको भुमिकाप्रति आम नागरिकले प्रश्न उठाउने नेताहरुको बुझाई छ । यसकारण पनि बर्तमान सरकारको बिकल्प काँग्रेसले दिनैपर्ने निश्कर्षमा काँग्रेस पुगेको बताइएको छ । प्रतिपक्ष दलले बर्तमान सरकारको बिकल्प दिन नसक्ने हो भने आम कार्यकर्ताको नजरमा काँग्रेसप्रति हेर्ने दृष्टिकोण र नजरमा सरकारलाई समर्थन गरेको देखिने छ । यही भएर सरकार बिरोधी राजनीतिक दलहरुसँग सहकार्य गरेर आफनै दलको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निश्कर्षमा उ पुगेको हो ।
उता सत्तारुढ दल नेकपा एमालेको आन्तरिक घर झगडा संहाल्न नसिकने गरी बाहिर आएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका बरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष, भिम रावल, उप–महासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई कारवाही गरेका छन । उनीहरुलाई पार्टी बिरोधी गतिबिधिमा संलग्न रहेको भन्दै छ महिनाका लागि साधरण सदस्यसमेत नरहने गरी कारवाही गरिएको हो । यो प्रकरणपछि एमालेको आन्तरिक द्वन्द्वले सजिलो गरी निकास पाउने अवस्था देखिदैन ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेदेखि नै सरकारसँग असन्तुष्ट बन्दै आएको माधव–झलनाथ खनाल समुहले तत्कालीन पाटी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर ठुलै तामझाम मच्चाए पनि । तर उनीहरुको तामझामलाई प्रधानमन्त्री ओलीले लत्याउँदै आएका छन । प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्चको निर्णयबाहेक अरु एजेण्डामा ओलीलाई सफलता नै हात लाग्दै आएको छ । तर पनि उनले आफनै दल र पार्टीका नेताहरुलाई भने खुश बनाउन सकिरहेका छैनन ।
उनको घमण्डी र एक्लै हिंडने रहरका कारण सिंङो एमालेको शाख दिनप्रतिदिन खस्कदो र नेताहरु एकपछि अर्कोगरी पार्टीबाट बाहिरिने क्रम बढदो छ । यतिवेला माधव समुहले गण्डकी प्रदेशबाट समानान्तर जिल्ला कमिटीहरु गठन गरिरहेको छ । माधव समुहको यो गतिबिधिले पार्टी मात्र होइन कि बर्तमान सरकार पनि कमजोर धरातलमा झर्दैछ । यो कुरा प्रधानमन्त्री ओलीलाई पनि यो कुरा राम्ररी थाहा छ । तर पनि उनमा पार्टीका नेताहरुलाई मिलाएर लैजाने भन्दा पनि नयाँ मानिस ल्याएर खाली ठाउँ भर्न तयार छन ।
