विवाह गरेको डेढ महिनामा दिया गर्भवती !

विवाह गरेको डेढ महिनामै बलिउड अभिनेत्री दिया मिर्जा गर्भवती भएकी छिन् । दियाले गत फेबूअरी २५ मा व्यापारी वैभव रेखीसँग विवाह गरेकी हुन् । वैभवसँग विवाह गरेको डेढ महिनामा उनले आफू गर्भवती भएको कुरा सामाजिक इन्टाग्राम अकाउन्टमा मार्फत् जानकारी दिएकी हुन् ।
दियाले सार्वजनिक गरेको तस्बिरमा उनको बेबी बम्प प्रस्टसँग देख्न सकिन्छ । उक्त तस्बिर वैभवले नै खिचेको उनले उल्लेख गरेकी छिन् ।
केही दिनअघि मात्र नायिका दिया श्रीमान् वैभवसँग मालदिभ्समा हनिमूनमा गएकी थिइन् । उनीहरुसँग वैभवकी छोरी समायरा पनि थिइन् । दियाले माल्दिभ्समा सौतेनी छोरी समायरासँग खिचिएको एउटा फोटो सोसल मिडियामा सेयर गरेकी थिइन् । यो फोटोमा थुप्रै मानिसहरुले विभिन्न प्रकारको प्रतिक्रिया दिएका छन् ।
सेयर गरिएको फोटोमा दियाले छोरी समायरासँग पोज दिइरहेको देख्न सकिन्छ । फोटो सेयर गर्दै यसको क्रेडिट श्रीमान् वैभव रेखीलाई दिएकी छिन् ।
हनिमूनमा समायरालाई सँगै लिएर गएकोमा दियाको निकै तारिफ पनि भएको छ ।