अस्ट्रेलियामा मुसाको आतंक
अस्ट्रेलियामा पछिल्लो समय मुसाको संख्या असामान्य रुपमा बढिरहेको छ । मुसाले यत्रतत्र सर्वत्र फैलिदा आतंक नै मच्चिएको छ । घरायासी र व्यापारिक सरसामानको नोक्सानी मात्र होइन मुसाका कारण विभिन्न रोगको महामारी फैलिने त्रास समेत बढिरहेको छ । अस्ट्रेलियाको न्यु साउथ वेल्स र क्विन्सल्याण्ड लगायतका सहरमा एकाएक लाखौँको संख्यामा यत्रतत्र मुसा देखिएका छन् । सोसल मिडियामा मानिसहरु मुसा आतंकका फोटो भिडियोहरु हालिरहेका छन् ।
सन् १७८७ मा पहिलोपटक अस्ट्रेलियामा मुसा देखिएको थियो । अनुसन्धानका क्रममा उक्त मुसा व्यापारिक जहाजमा बेलायतबाट अस्ट्रेलिया पुगेको तथ्य पत्ता लागेको थियो । इतिहासकारहरुका अनुसार संसारका सबैजसो देशमा चीनबाट नै मुसा फैलिएको मानिन्छ । व्यापारिक जहाजका माध्यमबाट मुसाहरु एक देशबाट अर्को देशमा पुग्ने गरेका छन् । झण्डै २ हजार वर्ष अघि चीनकै कारण अन्य देशहरुमा प्लेगको एउटा प्रकार फैलिएको थियो ।
पछिल्लो घटना अनुसार गत वर्षको मध्यतिरबाटै अस्ट्रेलियामा मुसाको संख्या बढ्न थालेको थियो । त्यसयता मुसाको संख्या लगातार बढिरहेको छ ।
–एजेन्सीको सहयोगमा
