थपिए १९१३ जना कोरोना सङ्क्रमित, २३४९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९१३ जना कोरोना सङ्क्रमित थपिए छन् भने २ हजार ३४९ जना सङ्क्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार आज थपिएका समेत गरेर नेपालका कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ भने १ लाख ६५ हजार ४९२ जना सङ्क्रमित निको भएका छन् ।
संक्रमित मध्ये हाल ३८ हजार ४६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा करीब दश हजार पाँच सय जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म पन्ध्र लाख ८४ हजार ७१५ जनाको आरटीपीसीआर परीक्षण गरेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १५ जना कोभिड सङ्क्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ ।