किमाथाङ्गका निरीक्षण गरेर फर्किए प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको सीमा किमाथाङ्कामा पुगेर फर्किएका छन् । हालै निर्माण बोर्डर आउट पोष्ट (बिओपी)को अवलोकन भ्रमण गगर्न हेलिकोप्टरबाट विहान १० बजे सो क्षेत्रमा पुगेका प्रधानमन्त्री ओली अपरान्ह फर्किएका हुन ।
निर्माणधिन सङ्खुवासभाको उत्तर दक्षिण कोशी राजमार्ग र निर्माणधिन अरुण तेश्रो परियोजनाको निरीक्षण पनि गरेका छन् ।
सबैभन्दा बढी चासोका साथ हेरिएको अरुण तेश्रोको काम २४ घण्टा नै लगातार भईरहेको अरुण तेश्रोको कामहाल ४० प्रतिशतभन्दा बढी काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।
अरुण तेश्रोको ड्याम साईड र पावर हाउस क्षेत्र गरि दुई खण्डमा काम भईरहेको छ । ड्याम साईडमा जय प्रकाश एसोसियटस्ले कामगरिरहेको छ भने पावर हाउस क्षेत्रमा पटेल ईन्जिनियरिङले काम गरिरहेको छ । हालै पानी डाईभर्सन गर्ने सुरुङको काम सम्पन्न भईसकेको सतल जलविद्युत निगमका डिप्युटि जेनेरल मेनेजर रमेशचन्द्र सुलेरियाले जानकारी दिएका छन् । ११ दशमलव ७ किलोमिटरको डाईभर्सन सुरुङ सकिएसँगै उक्त टनेल कङ्क्रिड बनाउने कामभईरहेको उनले जानकारी दिएका छन् । यस पछि बाँधको काम सुरु हुने समेत उनले बताए । अरुण तेश्रो सन २०२२ मा सम्पन्न हुने पिडिएमा उल्लेख गरिएको छ ।
