नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौं-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

प्रहरीले प्रकाण्डसहित ३ जनालाई मंगलबार बेलुका पक्राउ गरेको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

उसले साउन २५ गते देशब्यापी कोणसभा, २६ गते विरोधसभा, साउन २७ गते मशालजुलुस, साउन २९ गते नेपाल बन्दको घोषणा गरेको छ ।

महासचिव नेत्रविक्रम चन्द विप्लवले बुधबार विज्ञप्ति जारी गरी राजनीतिक विचारका आधारमा गरिएको गिरफ्तारी बन्द गर्न र पक्राउ परेकाहरुलाई विना शर्त रिहा गर्न माग गरेका छन् ।सरकारले एकपछि अर्को गर्दै राजनीतिक अधिकारमाथि प्रतिबन्ध लगाएको भन्दै लोकतन्त्रवादीहरुले यसको विरोध गर्नुपर्ने विप्लवले उल्लेख गरेका छन् ।

प्रेश विज्ञप्ति