टिपरको ठक्करबाट एक पैदालयात्रीको मृत्यु, एक घाइते
काठमाडौं- गएराति टिप्परको ठक्करबाट ललितपुरमा एक पैदलयात्रुको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
बजे सातदोबाटोको थसिखेलमा राति ९ः१० नम्बर नखुलेको सेतो टिप्परले बाटो काट्दै गरेका उनीहरुलाई ठक्कर दिएको हो ।
मृत्यु हुनेमा नुवाकोट घर भई हाल नखिपोट बस्ने ३५ वर्षीया सबिना कुमारी विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै सिन्धुली घर भई हाल एकान्तकुनामा बस्ने ३६ वर्षीय लेखराज रमतेल घाइते भएका छन् । घाइते रमतेलको उपचार भइरहेको छ ।
