यी हुन् भारतिय नागरिकता नभएका चर्चित नायिकाहरु

बलिउडका चारजना अभिनेत्रीहरूसँग भारतीय नागरिकता नरहेको खुलासा भएकोछ ।

पूर्वपोर्नस्टार एवम् नायिका सन्नी लियोनी, नायिका नरगिस फाखरी, नायिका ज्याकलिन फर्नान्डिस र नायिका क्याट्रिना कैफको भारतीय नागरिकता छैन ।

१३ मे १९८१ मा जन्मेकी नायिका सन्नी लियोनी इन्डियन–अमेरिकन तथा विवाहित अभिनेत्री हुन् । उनको असली नाम करनजित कौर बोहरा हो । उनको नागरिकता क्यानेडियन–अमेरिकन छ । उनीसँग भारतीय नागरिकता छैन ।

अर्की बलिउड नायिका नरगिस फखरी २० अक्टोबर १९७९ मा अमेरिकाको न्युयोर्क सिटीमा जन्मेकी हुन् । नरगिस अमेरिकी मोडल तथा नायिका हुन् । जो बलिउडमा पनि उत्तिकै चर्चित भइन् ।

उनलाई बलिउडमा त्यति धेरै सफलता मिलेन । सन् २०११ मा प्रदर्शन भएको फिल्म ‘रक स्टार’बाट उनले बलिउडमा फिल्मी करिअर सुरु गरिन् । उनीसँग भारतीय नागरिकता छैन ।

ज्याकलिन फर्नान्डिस श्रीलंकाली नायिका हुन् । उनी ११ अगस्ट १९८५ मा जन्मेकी हुन् । ज्याकलिनले २००९ मा आएको फिल्म ‘अलादिन’बाट बलिउडमा डेब्यु गरिन् । उनी श्रीलंकाली नागरिक हुन् ।

बलिउड नायिका क्याट्रिना कैफ । क्याट्रिनाको असली नाम क्याट्रिना टाँरकुटो हो । उनी १६ जुलाई १९८३ मा हङकङका जन्मिएकी हुन् । बलिउडमा क्याट्रिनालाई चर्चित अभिनेत्रीको रूपमा लिइन्छ । उनी हङकङमा जन्मिए पनि उनीसँग बेलायतको नागरिकता छ । एजेन्सी