राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले माग्यो गृहमन्त्रीको राजीनामा
काठमाडौं – महिला हत्या, हिंसा र बलात्कार रोक्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिलामाथि भइरहेको श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो ।
माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले हत्या, हिंसा र बलात्कारका घटनाहरु बढिरहेकोले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री को राजीनामा मागेका छन् ।
संगठनकी अध्यक्ष रोशन कार्कीले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको भन्दै गृहमन्त्री राम बहादुर थापाले तत्काल राजीनामा दिनुपर्ने बताइन् ।
