नेपाल महिला संघ गुल्मीले ७३ औँ स्थापना दिवश मनायो
गुल्मी । नेपाल महिला संघ गुल्मीले ७३ औँ स्थापना दिवश मनाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जोखीमलाई ख्याल गर्दै नेपाली काँग्रेसको जिल्लास्थित पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा कार्यक्रम मनाईएको हो । कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले देशमा भएका हरेक राजनैतिक परिवर्तनका आन्दोलनमा महिलाहरुको ठुलो योगदान रहेको बताउनुभयो ।
सभापति श्रेष्ठले अधिकार प्राप्तिको आन्दोलन समाप्त भएकाले अबको लडाई महिलाहरु चुल्हो चौकीबाट माथि उठी परनिर्भरताको अन्त्यका लागि लडन् पर्ने बताउनुभयो । साथै उहाँले गुल्मी काँग्रेस अप्ठारो परिस्थितिसँग गुज्रिरहेकाले संगठनलाई बलियो बनाउन गाउँ–गाउँ पुग्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले संविधानले राज्यका हरेक क्षेत्रमा अहिले महिलासमावेशीलाई जोड दिएको बताउनुभयो । त्यसैको उदाहरण स्वरुप अहिले स्थानीयतह देखि नै महिला सहभागीतालाई ग्राहयता दिएको उल्लेख गर्नुभयो ।
नेपाल शिक्षक संघ केन्द्रिय उपमहासचिव धना भण्डारी तथा नेपाल महिला संघ गुल्मीकी अध्यक्ष लक्ष्मी पाण्डेले पछिल्लो घटनाक्रमलाई उदाहरण दिँदै महिलाहरु असुरक्षित रहेको बताउनुभयो । महिलाहरु आफैँ पनि आर्थिक रुपमा सशक्तिकरणमा लाग्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा जिल्लास्थित काँग्रेस नेताहरुको उल्लेखीय सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन पार्वती के.सीले गर्नुभएको थियो ।
संविधानले नेपाली महिलाहरुको धेरै अधिकारलाई सुनिश्चत गरेको छ । संघीय संरचना अनुसार केन्द्र र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको ग्यारेन्टी गरेको छ । मेयर, उपमेयर, अध्यक्ष, अपाध्यक्ष विधेयकमा मात्र छ । संविधानमा समावेश गरिनु पर्ने छ ।
आमाको नामबाट नागरिकता, पैतृक सम्पत्तीमा समान अधिकार, लैङ्गिक विभेदको अन्त्य, प्रजनन् र सुरक्षित मातृत्वको अधिकार, शिक्षा, स्वास्थ्य, रोजगारीमा विशेष अवसर जस्ता विभिन्न अधिकारले परिपूर्ण छ ।
नयाँ संविधान २०७२ अनुसार यो मुलुकको राष्ट्रपति, प्रधान न्यायाधीश र सभामुखजस्ता उच्च पदमा महिलाहरु आसिन हुन पुगेका छन् । तर पनि समग्र महिलाको आर्थिक, समाजिक, राजनीतिक, शैक्षिक र सांस्कृतिक पक्षहरुमा आशा अनुरुप अझैं माथि उठ्न सकेको छैन ।
