फ्ल्याट भाडामा लिएर यौन धन्दा चलाउने दुई युवती पक्राउ

काठमाडौं- राजधानीमा यौन धन्दा सञ्चालन गर्ने दुई जना महिला पक्राउ परेका छन् ।

ललितपुर पाटन स्थाई घर भएकी २८ वर्षीय प्रिया श्रेष्ठ र मकवानपुर हेटौंडा नगरपालिका ८ की १८ वर्षीय मन्दिरा तामाङलाई पक्राउ गरिएको हो ।

आइतवार महानगरीय प्रहरी वृत्तको टोलीले काठमाडौंका विभिन्न स्थानमा फ्ल्याट भाडामा लिएर यौन धन्दा गर्दै आएका उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरूविरुद्ध मान बेचबिखन ऐन अन्तर्गत अदालतबाट म्याद थप गरी अनुन्धान भइरहेको प्रहरीले जनाएको छ।