अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय गुप्तचर प्रमुखलाई नयाँ एआई प्रमुख नियुक्त

वासिङटन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनलाई ह्वाइट हाउसको कृत्रिम बुद्धिमत्ता ९एआई० सम्बन्धी कार्यदलको नेता तोकेका छन् । अनुसन्धानकर्ताहरूले यस प्रविधिको सम्भावित खतराबारे चेतावनी दिइरहेका समय यो नियुक्ति भएको हो ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेलेका छन्, “सुपर इन्टेलिजेन्स फोर्सको नेतृत्व क्लेटनलाई सुम्पिएको छु । यसलाई संघीय सरकारको प्रयासमा समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।”

उनले भने, “अमेरिका संसारमा ‘सुपर इन्टेलिजेन्स’मा अगाडि रहोस् । धेरैले भन्छन् यो औद्योगिक क्रान्ति र इन्टरनेटभन्दा ठूलो हो । यसले सबै अमेरिकीहरूको हित र रक्षा गर्नेछ, साथै, उनीहरूको जीवन सुधार्नेछ ।”

ह्वाइट हाउसले शनिबार २४ वर्षीया रिपोर्टर बेनी रे हार्मनीलाई प्रवक्ता तथा सहायक प्रेस सेक्रेटरी बनाएको थियो । उनी ‘रियल अमेरिकाज भ्वाइस’मा ह्वाइट हाउस संवाददाताका रूपमा काम गर्दै आएका थिए ।

हार्मनीले सोमबारदेखि नयाँ जिम्मेवारी सम्हाल्ने छन् । उनको नियुक्ति ह्वाइट हाउस प्रेस सेक्रेटरीको पद खाली रहेका समय भएको छ ।

यसअघि प्रेस सेक्रेटरी रहेकी क्यारोलिन लेभिट अगस्टको अन्त्यमा यो पदबाट हटेकी थिइन । ट्रम्प प्रशासनले अहिलेसम्म उनको स्थायी उत्तराधिकारीको नाम घोषणा गरेको छैन । हार्मनी पछिल्लो समयमा ह्वाइट हाउस ‘प्रेस पूल’ को नियमित सदस्य बन्न पुगेका थिए ।