चोलेन्द्र पक्राउले सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालगायत विशिष्ट व्यक्तिलाई बिना कारण पक्राउ गर्ने क्रम जारी रहे सरकारले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।

सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको भए त्यो सरकारकै लागि घातक हुने बताए।

यस्ता घटना दोहोरिन नदिन उनले सरकारको ध्यानाकर्षण गराए। जबरालाई सुरक्षा थ्रेट रहेको भन्दै पक्राउ गरिएको विषयमा पनि प्रचण्डले प्रश्न उठाउँदै वास्तविक सुरक्षा जोखिम भए पक्राउ गर्नुको सट्टा उनको निवासमै सुरक्षा व्यवस्था बढाउनुपर्ने बताए।

उनले भने, ‘सुरक्षा थ्रेट थियो भने पक्राउ गर्ने होइन, घरमै सुरक्षाकर्मी थपेर सुरक्षा दिनुपर्थ्यो।’

प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले नेपालको तर्फबाट बोल्नुपर्ने विषय नै उठाएको प्रतिक्रिया दिए। प्रधानमन्त्रीले बोलेका विषयलाई लिएर अनावश्यक रूपमा बढाइचढाइ गर्न आवश्यक नरहेको उनको भनाइ थियो।

‘प्रधानमन्त्रीले राष्ट्रसंघमा जे बोल्नुपर्थ्यो, त्यही बोलेका छन्। उनको ठाउँमा अरू जो भए पनि त्यही कुरा बोल्थे,’ प्रचण्डले भने