देउवा साउन २६ मा स्वदेश फर्किने, राष्ट्रिय भेलालाई सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन्। उनी साउन २९ देखि ३१ गतेसम्म हुने कांग्रेसको इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले देउवा साउन २६ गते साँझ नेपाल आइपुग्ने र राष्ट्रिय भेलामा सहभागी हुने जानकारी दिए।
जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा हाल श्रीमती आरजु राणासहित हङकङमा छन्।
देउवा स्वदेश फर्किएपछि राज्यका तर्फबाट कुनै धरपकड भए त्यसको कडा विरोध गरिने पनि कोइरालाले चेतावनी दिए।
