धवल शमशेर र दुर्गा प्रसाईंद्वारा ‘जय नेपाल पार्टी’ घोषणा, साउन २८ मा दर्ता गर्ने तयारी
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएर छुट्टै राजनीतिक अभियान सञ्चालन गरिरहेका डा. धवल शमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन्।
उनीहरूले आफ्नो नयाँ दलको नाम ‘जय नेपाल पार्टी’ राखेका छन्। पार्टीको सभापतिमा डा. धवल शमशेर जबरा रहनेछन् भने दुर्गा प्रसाईंलाई सर्वोच्च नेताको जिम्मेवारी दिइएको छ।
नयाँ दललाई औपचारिक मान्यता दिलाउन उनीहरू साउन २८ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने तयारीमा रहेका छन्।
पार्टीको संगठनात्मक संरचना, नीति तथा आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
