इरानमा अमेरिकाको आक्रमण जारी, लगातार १२औँ रात सैन्य अड्डाहरू निशानामा

काठमाडौं । अमेरिकाले इरानमाथिको सैन्य आक्रमणलाई निरन्तरता दिएको छ। अमेरिकी सेनाले बुधबार राति लगातार १२औँ दिन इरानका विभिन्न सैन्य अड्डा र रणनीतिक क्षेत्रमा हवाई तथा क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा उक्त सैन्य कारबाही सञ्चालन गरिएको हो।

यसपटक इरानका खुजेस्तान, बुसेहर, होर्मोज्गन र इलाम प्रान्तका विभिन्न स्थानलाई लक्षित गरी हवाई आक्रमण तथा क्षेप्यास्त्र प्रहार गरिएको सेन्टकमले जनाएको छ।

इरानी अधिकारीहरूले पनि देशका विभिन्न सैन्य अड्डा र रणनीतिक महत्वका क्षेत्रमा आक्रमण भएको पुष्टि गरेका छन्। यद्यपि आक्रमणबाट भएको क्षति वा मानवीय हताहतीबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

अमेरिका र इरानबीचको बढ्दो सैन्य तनावका बीच जारी यी आक्रमणले मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्थालाई थप जटिल बनाएको विश्लेषण गरिएको छ।