नर्वेलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौँ । इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको छ । रोमान्चक क्वार्टरफाइनल भिडन्तमा अतिरिक्त समयमा नर्वेलाई २–१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

मियामी स्टेडियममा भएको खेलको अतिरिक्त समयमा इङ्गल्यान्डले २–१ को सनसनीपूर्ण जित निकालेको हो ।

खेलको ३६ औँ मिनेटमा मार्टिन ओडेगार्डको उत्कृष्ट पासमा एन्ड्रियास सेल्डरअपले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समय (४५+२ औँ मिनेट) मा एन्थोनी गोर्डनको पासमा जुड बेलिङ्घमले गोल गर्दै इङ्गल्यान्डलाई १–१ को बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय सुरु हुनासाथ ९३ औँ मिनेटमा जुड बेलिङ्घमले ब्यक्तिगत दोस्रो गोल गर्दै इङ्गल्यान्डलाई २–१ को जित दिलाएका हुन् ।

यो हारसँगै नर्वे विश्वकपबाट बाहिरिएको छ ।