युवाहरुको आक्रोशलाई राजनीतिक दलहरुले गम्भीरतापूर्वक लिनुपर्छ : डा. भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युवाहरुको आक्रोशलाई राजनीतिक दलहरुले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ ।
मेलमिलाप दिवसको सन्दर्भमा कांग्रेसले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले मुलुकको परिवर्तनपछि पनि युवाहरुमा निराशा र आक्रोश रहेको भन्दै उनीहरुको आक्रोशलाई सम्बोधन गर्न राजनीतिकदलहरु गम्भीर भएर एकताबद्ध हुनुपर्ने बताउनुभएको हो ।
उहाँले संविधानको कार्यान्वयन गर्न नसक्नुको कमजोरी सच्चाउन राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
भट्टराईले राजतन्त्र राँकेभूत भएकाले त्यसबाट त्रसित हुनुपर्ने अवस्था नरहेको तर्क गर्नुभयो । उहाँले अहिलेको शासकीय स्वरुपमा केहि त्रुटी देखिएकाले यसको हल खोज्नुपर्ने भन्दै बिभिन्न प्रस्ताव अघि सार्नुभयो ।
उहाँले स्थायी सरकार बन्ने वातावरण नवनेसम्म लोकतन्त्र समृद्ध हुन नसक्ने धारणा राख्नुभयो । उहाँले शान्त्रि प्रक्रिया कुनै दलबिशेषको कुरा नभएकाले सहमतिबाटै छिटो हल गर्नुपर्ने बताउनुभयो ।
