प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ । यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उहाँले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो ।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँबाट पोखरा आइपुग्नुभएको हो । उहाँका साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि यहाँ हुनुहुन्छ ।
आज पोखरा विमानस्थलमा यति, बुद्व, सौर्य, गुण एयरलाइन्सले उडान गरेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्वर्गीय रविन्द्र अधिकारीको सपना पूरा भएको बताउनु भएको छ । अहिले ४–५ बजेसम्म चल्दै आएकोमा अब २४ सै घण्टा सञ्चालन गर्न सकिने बताउँदै उहाँले पोखरामा पर्यटन क्षेत्र उकास्न सहयोग पुग्ने बताउनु भयो ।