इम्बोस्ड नम्बर लागू गर्ने निर्णय अवज्ञा हुने गगन थापाको चेतावनी
इम्बोस्ड नम्बर लागू गर्ने निर्णय गरेर नागरिकलाई नतर्साउन सरकारलाई आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय गराएर नागरिकलाई नतर्साउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद थापाले सरकारले साउन १ भित्र इम्बोस्ड नम्बर लागू गर्न भनेर गरेको धम्कीको भाषा गलत भएको बताउँदै यातायात मन्त्रालयले गलत बाटो समातेको आरोप लगाएका छन् ।
‘१ गतेदेखि गर्ने भए गर, नत्र कारवाही गछौं भन्ने धम्कीको भाषा गलत भएको बताउँदै थापाले तत्काल पुनरवलोकन गर्नुका साथै इम्वोस्ट नम्वर लिने शूल्क घटाउन पनि माग गरेका छन् । थापाले सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिए यसको अवज्ञा हुने चेतावनी पनि दिएका छन् ।
