उपत्यकामा जोर–बिजोर सवारी सञ्चालन हुने, तोकिएको समयमा पसल खोल्न पाइने

काठमाडौं । उपत्यकामा भोलिदेखि निषेधाज्ञा केहि खुकुलो हुने भएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले जोर बिजोर प्रणालिबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेका छन्।
यसैगरी पसल पनि समय निर्धारण गरेर सञ्चालन गर्ने दिइने भएको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र व्यवसाय सञ्चालन गर्न दिने तयारी भएको हो ।
जिल्ला प्रशासन कार्यालयले मोडालिटि तयार गरेर गृह मन्त्रालयसँगको परामर्शपछि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।
भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा बुधबार राति सकिँदैछ। त्यसअघि नै थप निर्णय सार्वजनिक गर्ने प्रमुख जिल्ला अधिकारीको तयारी रहेको बताइएको छ।