नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं । नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएकाो छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ सातै जना संक्रमित नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले दिएको जानकारी अनुसार उनीहरुमध्ये चार जना महिला र तीन जना पुरुष छन् ।
मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकाहरु नौ वर्षदेखि ५५ वर्षसम्मका रहेको बताइएको छ ।उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
यसअघि आइतबार बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
नेपालगन्जका कोरोना संक्रमित अनपेक्षित देखिएपछि ट्रयाकिङ्गका लागि बुटवल र काठमाडौंबाट पनि टोली पुगेको छ । नेपालगन्जमा भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग र स्वाब संकलन भइरहेको छ ।