बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काभ्रेपलाञ्चोक-अरनिको राजमार्ग अन्तर्गत बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना ४ ख ९२२१ नम्बरको बसले सोही दिशाबाटै जाँदै गरेको बा ८३ प ३३५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धुलिखेल नपा-३ कुत्तालका २० वर्षीय सन्त तामाङको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । प्रहरीले बस चालक र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
