रुरु विकास समाज, काठमाडौं को तिज कार्यक्रम सम्पन्न (फोटोफिचर)

काठमाडौं -रुरु बिकास समाज,थोर्गा काठमाडौ. सम्पर्क तथा विकास मन्च,बम्घा काठमाडौं समाज,ग्वादी विकास समाज,रिमुवा काठमाडौं समाज, भटुकुवा सम्पर्क समाज र बलेटक्सार र रुरुको संयुक्त आयोजनामा रुरु गाउँपालिका स्तरीय तिज कार्यक्रम भव्य रुपमा सम्पन्न भयो।

नेपाल कर्मस क्यामपस मिन भवनमा भएको कार्यक्रमका प्रमुख अतिथ माननीय पराष्ट मन्त्रि प्रदिप ज्ञवाली गर्नु भएको थियो भने अन्य अतिथिहरुमा वरिष्ठ प्रत्रकार टंक पन्त,लालटीन कृतीकी लेखक सरस्वती ज्ञवाली,नेपाल कर्मस क्यामपसका प्रमुख किरण अधिकारी तथा उधोग व्यवसायी भिमलाल पौडेल लगायत साविकका रुरु विकास समाजका अध्क्षयहरु समेतको आतितथ्य रहेको थियो ।

उक्त कार्यक्रममा माननिय परराष्ट मन्त्रि प्रदिप ज्ञवालीले शुभकामना दिदै नारिहरुको महान चाड हरितालिका तिज ले नारीहरुलाई एकताको सुत्रमा गास्न र नारीका भावनाहरुलाइ व्यक्त गर्दे सांस्कृती मौलीक रुपमा रहेको चाडलाइ निरन्तरता दिन समेत यसले सहयो गर्ने वताउनु भयो ।

 

मन्त्रि ज्ञवालीले नारी पुरुष वरावरी भन्ने कुरा सिद्दान्तमा मात्र लागु भएको व्यवहारमा लागु हुन नसकेको र मौलिक सांस्कृतिक रुपमा मनाइने तिज दिनानुदिन भड्किलो हुदै गहिरहेको तिज चाड लाई मौलिक सांस्कृतिक चाडको रुपमा मनाउन समेत आग्रह गर्नु भएको थियो ।

उक्त कार्यक्रमको सन्चालन कुष्ण प्रसाद गौतमले गर्नु भएको थियो भने हरि ज्ञवालको सभापत्तिवमा कार्यक्रम समापन भएको थियो ।