माछा मार्ने क्रममा एक जनाको मृत्यु
भद्रपुर- माछा मार्ने क्रममा करेन्ट लागेर झापाको शिवसतासी नगरपालिका–१
३२ वर्षीय दिनेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घर नजिकैको खोलामा शनिबार करेन्ट लगाएर माछा मार्ने क्रममा दाहाल घाइते भएका थिए । उनको आज उपचारका क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको हो ।
