मुग्लिन–नारायणगढः ठाउँ ठाउँमा पहिरो, सडक अवरुद्ध
चितवनः मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खसेको छ ।
गत राती परेको अबिरल वर्षका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
उक्त सडक खण्डमा पर्ने चारकिलो, कालीखोला, जलवीरे, घुमाउने, गाइघाट, तोर्पेखोला लगायत पाँच–सात ठाउँमा पहिरो खसेको प्रहरीले जानकारी दिएको छ ।
पहिरो हटाएर सडक खुलाउनासाथ साँझ झन् ठूलो पानी परेपछि फेरि पहिरो खसेको प्रहरी निरीक्षक केसीले बताए।
विगत सात घण्टादेखि सडक अबरुद्ध हुँदा हजारौँ सवारी साधन र यात्रु मुग्लिन र जुगेडीमा रोखिएका छन्। रुपमा सडक अबरुद्ध भए पनि अझै पहिरो हटाउन सुरु भएको छैन।
