दुर्घटनाग्रस्त हेलिकप्टरमा यात्रारत ६ जनाको मृत्यू एक जीवितै

नुवाकोट- गोरखाबाट काठमाडौं आउने क्रममा दुर्घटनाग्रस्त हेलिकप्टरमा यात्रारत ६ जनाको मृत्यू भएको छ भने एकजना जीवितै भेटिएकी छन् ।

अल्टिच्युड एयरको हेलिकोप्टर शनिबार बिहान नुवाकोटमा दुर्घटना भएको थियो एक चालकसहित ७ यात्री रहेका थिए ।

हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भए पनि डोल्मा आनी भने जीवितै भेटिएकी छिन् । उनको उद्दार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेहरुमा
१ रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ,
२ दोलखाका ३७ वर्षीय हिरा शेर्पा
३.गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु
४.सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ,
५.पाइलट निश्चल केसी
६.जापानी नागरिक हिरोमी कोमात्सु
गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ्ग गाँउपालीका–१ बर्सुन्चेत नजीकै मैलुमब्रा भन्ने डाँडाँमा दुर्घटनामा परेको थियो