सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा इन्द्रदेव यादव नियुक्त
काठमाडौं । अर्थ मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक नियुक्त गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै यादवलाई विभागको नेतृत्व सुम्पिएका हुन् ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी रहेका यादव मंसिर ४ गते मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयमा सरुवा भएका थिए । विभागका तत्कालीन महानिर्देशक निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेपछि रिक्त पदमा यादवलाई नियुक्त गरिएको हो ।
यसैगरी, अर्थमन्त्री वाग्लेले सहसचिव नीता शर्मालाई महालेखा नियन्त्रक कार्यालयमा सहमहालेखकको जिम्मेवारीमा खटाउने निर्णय गरेका छन् । उनी मंसिर ४ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अर्थ मन्त्रालयमा सरुवा भएकी थिइन् ।
महालेखा नियन्त्रक कार्यालयमा कार्यरत सहमहालेखा नियन्त्रक दीपक लामिछाने गृह मन्त्रालयमा सरुवा भएपछि रिक्त पदमा शर्मालाई जिम्मेवारी दिइएको हो ।
