पूर्वप्रधानमन्त्री देउवाद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले भोटेकोसी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।

बिहीबार नुवाकोट पुगेका देउवाले बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै स्थानीय बासिन्दाले भोगिरहेका समस्या तथा क्षतिबारे जानकारी लिएका थिए।

अवलोकनका क्रममा उनले बाढीबाट प्रभावित नागरिकको पुनःस्थापना र पुनर्निर्माणमा सबै जुट्नुपर्ने बताए।

‘यो विपत्तिपछिको पुनर्निर्माण र पुनःस्थापनामा जुट्न सबैलाई अनुरोध गर्दछु,’ देउवाले भने।