राष्ट्रपतिलाई रास्वपाका सभापति रविले गरे भोटेकोसी बाढीको ब्रिफिङ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दै रसुवाको भोटेकोसी नदीमा आएको बाढी, त्यसबाट भएको क्षति तथा उद्धार र राहत प्रयासबारे जानकारी गराएका छन्।
सोमबार राष्ट्रपति भवन शीतलनिवास पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भेटवार्ता गरेलगत्तै सभापति लामिछाने राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए।
भेटका क्रममा उनले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, प्रभावित नागरिकको उद्धार तथा राहतका लागि भइरहेका प्रयासबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए।
लामिछानेले सोमबार नै प्रधानमन्त्री बालेनसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार, राहत वितरण तथा व्यवस्थापनका कामबारे जानकारी लिएका थिए।
प्रधानमन्त्रीबाट प्राप्त जानकारीका आधारमा उनले राष्ट्रपति पौडेललाई बाढीको पछिल्लो अवस्था तथा सरकारबाट भइरहेका प्रयासबारे जानकारी गराएको बताइएको छ।
