रसुवा बाढी स् २८ प्रहरी बेपत्ता, १६२ शव फेला र ४१ घाइतेको उपचार जारी
काठमाडौँ । बुधबार रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको जनाएको छ ।
नेपाल प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६, नवलपरासी पश्चिममा २ शव गरी हालसम्म १ सय ६२ वटा शव फेला परेका छन् ।
बाढीमा परी घाइते ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा २० जना, त्रिशुली अस्पतालमा ९ जना, ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, नर्भिक अस्पतालमा ३ जना, बिरेन्द्र सैनिक अस्पताला १ जना, ग्रिन सिटी अस्पतालमा १ जनाको उपचार जारी छ ।
प्रहरीका अनुसार, आज बिहान ५ बजेसम्ममा बाढीका कारण प्रभावित विभिन्न प्रहरी कार्यालयका २८ प्रहरी कर्मचारी सम्पर्कविहीन छन् । यस्तै, बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि ३ हजार ३ सय १८ प्रहरी टोली परिचालन गरिएको बताइएको छ ।
