दुबईमा अलपत्र २७२ नेपालीको उद्धार, आज पनि विशेष उडान

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई विशेष उद्धार उडानमार्फत स्वदेश फर्काएको छ।

निगमका प्रवक्ता देवेन्द्र पुन का अनुसार बिहीबार विशेष उडानमार्फत दुबई अन्तर्राष्ट्रिय विमानस्थल मा अलपत्र परेका २७२ जना नेपालीलाई काठमाडौं ल्याइएको हो।

उक्त उडानले काठमाडौं विमानस्थलमा रोकिएका २६० जना यात्रुलाई दुबई पुर्‍याएको थियो।

आज पनि निगमको विमान २६७ जना यात्रु लिएर दुबईतर्फ प्रस्थान गर्ने र त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश फर्काइने प्रवक्ता पुनले जानकारी दिए।

पश्चिम एसियाको आकाशमा फागुन १६ देखि उडान निषेध भएपछि उद्धार उडान सुरु गरिएको हो। अमेरिका र इजरायल ले संयुक्त रूपमा इरान मा हवाई आक्रमण गरेपछि क्षेत्रीय उडान प्रभावित भएका छन्।