सर्लाही-४ : अमरेशको ह्याट्रिक, गगन पराजित

काठमाडौं । सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गरेका छन् ।
प्रतिनिधिसभा सदस्य पदमा निर्वाचनमा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी थापाले २२ हजार ८३१ मत ल्याए ।

यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पनि पूरा गरे भने गगन थापाको पहिलो हार हो । ०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक जित पूरा गरेका थिए ।