कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र भोलिसम्म लम्बिने
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र भोलि मंगलबारसम्म लम्बिने भएको छ। दुई महामन्त्रीले पेश गरेका प्रतिवेदनमाथि छलफल जारी रहँदा सहमति जुट्न नसकेपछि बन्दसत्र लम्ब्याइएको हो ।
विशेष महाधिवेशन प्रचार–प्रसार उपसमितिका सदस्य–सचिव माधवप्रसाद चम्लागाईंका अनुसार आज नै छलफल टुंग्याउन नसकिने अवस्था बनेपछि बन्दसत्र भोलिसम्म सञ्चालन गरिनेछ।
उनका अनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनमाथि घनिभूत छलफल जारी छ। “प्रतिवेदनमाथिको छलफल मंगलबार पनि चल्नेछ। छलफल टुंगिएपछि मात्रै नेतृत्व चयनको प्रक्रिया अगाडि बढाइनेछ,” उनले बताए।
