पार्टी एकताका लागि प्रयास जारी छ : शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टी कुनै पनि हालतमा विभाजन नहुने स्पष्ट पारेका छन्। सोमबार पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी एकता कायम गर्न निरन्तर प्रयास भइरहेको बताए ।
“मिल्नका लागि प्रयास हुँदैछ,” कोइरालाले भने, “पार्टी कुनै हालतमा ब्रेक हुन दिनु हुँदैन भन्नेमा हामी स्पष्ट छौँ।”
पार्टीभित्र इतर पक्षीय नेताहरूले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएपछि संस्थापन पक्षका नेताहरू थप छलफलमा जुटेका छन्। पार्टी विभाजनको सम्भावना देखिन थालेपछि शीर्ष तहमा संवाद र सहमतिका प्रयास तीव्र बनेका छन्।
