बदलिएको समयअनुकूल कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई समुन्नतिको उचाइमा पुर्‍याउन कांग्रेसले समयअनुकूल आफूलाई रूपान्तरण गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले बदलिँदो राजनीतिक र सामाजिक परिस्थितिअनुसार पार्टीलाई परिवर्तन गर्न विशेष महाधिवेशन आवश्यक भएको बताए।

“कुनै समयमा कांग्रेसले देशको समयलाई आफूअनुकूल बदलेको थियो, आज भने बदलिएको समयअनुकूल कांग्रेसले आफूलाई बदल्नुपर्छ,” शर्माले भने, “त्यसका लागि हामी विशेष महाधिवेशनको मैदानमा उभिएका छौं।”

उनले कांग्रेस परिवर्तन र सुदृढीकरणमार्फत देशलाई समृद्धिको बाटोमा अघि बढाउने दृढ अठोट रहेको पनि स्पष्ट पारे।