नेकपाको समानुपातिक बन्दसूचीमा ११० उम्मेदवार, अधिकांश नयाँ अनुहार (नामावलीसहित)

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकांश नयाँ अनुहारलाई समेट्दै समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।

नेकपाले विभिन्न समुदाय, क्षेत्र र पृष्ठभूमिका व्यक्तिहरूलाई समेटेर सोमबार राति समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा पेस गरेको हो। सूचीमा एकता प्रक्रियाबाट आएका चिरण पुनदेखि हालै पार्टी प्रवेश गरेका डा. मित्र परियारसम्मका नाम समावेश छन्।

समानुपातिक सूचीमा खस आर्यतर्फ पूर्वराजदूत प्रदेशकुमार हमाल, आदिवासी जनजातितर्फ परशुराम तामाङ र मधेशीतर्फ जोगकुमार बर्बरिया परेका छन्। यस्तै बीबी खनाल, क्रान्तिकारी कम्युनिस्ट पार्टीकी पूर्वअध्यक्ष पञ्चा सिंह, मंगलसिंह प्रजा तथा पूर्वलडाकु कमान्डर कमला नहर्की पनि बन्दसूचीमा अटाएका छन्।

हेर्नुहोस्, समानुपातिक उम्मेदवारको नामावली
खस आर्य (३२ जना)

करुणा बस्नेत, उमा अधिकारी, सीता दाहाल, पञ्चा सिंह, निशा न्यौपाने, कमला नहर्की, गङ्गा खड्का बोगटी, निर्मला साउँद, दिलकुमारी पन्त, मञ्जु कोइराला, उषाकुमारी पोख्रेल, भगवती नेपाल, इन्दिरा ढुङ्गाना, जयानन्द कार्की रावल, ज्ञानु आचार्य, यमुना गुरागाईँ, सावित्री पोखरेल, प्रदेशकुमार हमाल, महेन्द्रबहादुर कार्की, प्रेम बयक, नहेन्द्र खड्का, जितेन्द्र दाहाल, सुजाता काफ्ले, डम्बरबहादुर क्षेत्री, विनोद कटुवाल, राममणी पोख्रेल, तीर्थबहादुर बुढा, विष्णु लम्साल, भिमबहादुर भण्डारी, कृष्णबहादुर बुढा, गोविन्दराज पौडेल, विष्णुप्रसाद खनाल

आदिवासी जनजाति (३३ जना)

दिपक जंगम, भिमकुमारी बुढा, सोमती गुरुङ, सर्मिली लामा, ममता राजबंशी, अञ्जिता श्रेष्ठ, विष्णुकुमारी थापामगर, मेनुका थुलुङ, सुनिता बुढामगर, निर्मला श्रेष्ठ, रामदेवी तामाङ, सुनिता घले, सीता श्रेष्ठ, सोनम लामा शाक्य, नलिनी सि, सविता तामाङ, जमुना गइजु, कल्पना लिम्बु, परशुराम तामाङ, दिलिप प्रजापती, झक्कुप्रसाद घर्ती, कृष्णकुमार राई, वेखानसिंह तमु, पासाङ शेर्पा, भरतकुमार श्रेष्ठ, वीरबहादुर बुढाथोकी, दंगध्वज खोयाहाङ, शेरबहादुर तामाङ, मंगलसिंह प्रजा, जेतबहादुर पुन, रुकुम पाख्रिन, रहलसिंह तामाङ, डा. पुष्पराज कर्णिकार

मधेशी (१८ जना)

तारा महतो, रामसखी देवी, सुनिता देवी यादव, पुर्णा बुढा झा, जयरानी सहनी, पुनम जैसवाल, संगीता देवी यादव, सुधा सिंह, कल्पनाकुमारी यादव, जोगकुमार बर्बरिया यादव, सुरेन्द्रकुमार जयसवाल, घनश्यामप्रसाद रजक, किसुन मण्डल, श्रीप्रसाद साह, कमलराय यादव, छेदी रजक, अभिमन्यु यादव, अरविन्द दास

दलित (१५ जना)

गीता गहतराज, पार्वती विक, विनिता विक, रेखा राम, शारदा दमै, तारा विश्वकर्मा, सुमरिया देवी पासवान, कमला ज्ञवाली सिर्पाइली, गणेशबहादुर विश्वकर्मा, डा. मित्र परियार, सरद रसाइली, शंकर दुलाल, ठाकुरकुमार विक, कृष्ण नेपाली, गोपाल परियार

थारु (७ जना)

निराशा चौधरी, अञ्जु दहित, सस्मति चौधरी, उषाकुमारी चौधरी, भवनकुमार थारु, रामअवतार थारु, लक्ष्यबहादुर चौधरी

मुस्लिम (५ जना)

केसर जहाँ (सकिना मुस्लिम), जरिना बेगम, जार्मिया खातुन, कमरुल नशा, ताज मोहम्मद मियाँ