अरनिको पाँडे धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासबाट जारी आदेशअनुसार, पाँडेलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा पक्राउ गरिएको थियो।

उनी बुधबार पक्राउ परेपछि अदालतले अनुसन्धानका लागि ४ दिनको म्याद दिएको थियो।

वातावरणविद्का रूपमा परिचित पाँडेले २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए। पार्टी सरकारमा सहभागी रहँदा उनी २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए।

पाँडेविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। अब उनी धरौटीमा रिहा भएसँगै मुद्दा प्रक्रिया अनुसार अघि बढ्नेछ।