नागरिकता ऐन दोस्रो संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधि सभाबाट पारित भई आएको उक्त विधेयक पारित गरेको हो। अब विधेयकलाई पुनः प्रमाणीकरणका लागि प्रतिनिधिसभामा फिर्ता पठाइनेछ।

यस संशोधनले आमाको नाममा पनि सर्तसहित नागरिकता प्रदान गर्न सकिने कानुनी व्यवस्था गरेको छ, जसले नागरिकता पाउनमा आमाको हैसियतलाई समेत मान्यता दिने कानुनी आधार तयार गरेको छ।