जसपा नेपालले लुम्बिनी प्रदेश सरकारबाट समर्थन फिर्ता लियो

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको जसपाले जनाएको छ।

यसअघि संघीय तहमा पनि जसपाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको थियो। सोही निर्णयको कार्यान्वयनस्वरूप पार्टीले प्रदेशस्तरबाट समेत समर्थन फिर्ता लिन सुरु गरेको हो।