भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्नेमा विपक्षी दलहरू एकमत

काठमाडौँ । भिजिट भिसाको दुरुपयोग र यसबाट हुने मानव तस्करीको विषयलाई लिएर जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक अवरुद्ध छ। विपक्षी दलहरूले यस प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् अवरोध जारी राखेका छन्।

यसै क्रममा, बिहीबार बसेको विपक्षी दलहरूको बैठकले ‘भिजिट भिसा मार्फत हुने मानव तस्करी’ को संगठित अपराधलाई सदाका लागि अन्त्य गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्नेमा प्रतिपक्षी दलहरूको एकमत रहेको जानकारी दिए ।

उनले भने, “आजको पहिलो चरणको बैठकको निष्कर्षः हाल संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिसा मार्फत मानव तस्करीको संगठित अपराध’ सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ।”