अहमदाबाद विमान दुर्घटनाः २४२ यात्रुमा कुन देशका कति थिए ?
काठमाडौँ . भारतको गुजरातस्थित अहमदाबादमा एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । विमानमा चालकदलका सदस्यसहित २४२ जना यात्रु रहेको सवार थिए ।
बीबीसी हिन्दीका अनुसार मध्ये १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए।
विमान दुर्घटनामा परेसँगै अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। एयरपोर्टका प्रवक्ताका अनुसार अहमाबादबाट लन्डनका लागि उडान भरेको एआई १७१ कलसाइन भएको जहाज दुर्घटनामा परेको हो।
बीबीसी हिन्दीका अनुसार उडान भरेको केही मिनेटमै जहाज दुर्घटनामा पर्यो। अहमदावादबाट बेलायतको ग्याटविक जाने क्रममा दुर्घटनामा परेको भारतीय हवाइ उड्डयन महानिर्देशनालयले जनाएको छ। विमानमा २४२ यात्रु, दुई पाइलट १२ जना चालकदलका सदस्य थिए।
विमानलाई क्याप्टेन सुमीत सभरवालले फर्स्ट अफिसर क्लाइभ कुन्दरसँगै उडाएका थिए ।
अहमदावाद विमानस्थल समुद्र सतहबाट २ सय फिट उचाइमा अवस्थित छ । जहाजले धावनमार्ग छाडेर ६ सय २५ फिट उचाइमा पुग्नासाथ झरेको थियो । जहाज खस्दा प्रतिमिनेट ४ सय ७५ फिटको गतिमा खसेको थियो । धावनमार्ग छाडेको दुई मिनेट नहुँदै जहाज दुर्घटनाग्रस्त भएको थियो ।
विमान दुर्घटना भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक उड्डयन मन्त्री रममोहन नायडूसँग टेलिफोनमा कुरा गरेका छन् । मन्त्रीको कार्यालयका अनुसार नायडु अहिले अहमदाबाद जाँदै छन् र उद्धार तथा राहत कार्यको निरीक्षण गर्ने इन्डिया टुडेमा उल्लेख छ ।
प्रधानमन्त्री मोदीले तुरुन्त आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् र घटनाको अपडेट नियमित रूपमा दिन भनेका छन्। सबै सम्बन्धित एजेन्सीहरू उच्च सतर्कतामा छन् र समन्वयका साथ उद्धार कार्य चलिरहेको छ ।
विमान दुर्घटनापछि अहमदाबाद विमानस्थलमा उडान सेवा अस्थायी रूपमा रोकिएको छ।
