राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिका लागि सुझाव दिने अवसर

काठमाडौँ । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणमा जुटेको छ। कानुनअनुसार साउन १५ गतेभित्र मौद्रिक नीति सार्वजनिक गरिसक्नुपर्ने भएकाले केन्द्रीय बैंकले अहिले सरोकारवाला निकाय र व्यक्तिहरूसँग सुझाव मागेको छ।

राष्ट्र बैंकले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै मौद्रिक नीति कस्तो हुनुपर्छ भन्नेबारे राय/सुझाव आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराउन आग्रह गरेको छ। इच्छुक पक्षले १० दिनभित्र आफ्ना सुझाव पेश गर्नुपर्नेछ। यो अवसरले आगामी मौद्रिक नीतिलाई थप प्रभावकारी बनाउन सघाउने अपेक्षा गरिएको छ।