कर्मचारीको तलब बढेन, साउन १ देखि मासिक ५ हजार महँगी भत्ता

काठमाडौं । सरकारले कर्मचारीको तलव बढाएको छैन भने महंगी भत्ता वृद्धि गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा कर्मचारीको महंगी भत्ता ५ हजार पुर्‍याइएको हो ।

यसअघि २ हजार रहँदै आएको महँगी भत्तामा अहिले ३ हजार वृद्धि गरिएको हो ।