लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केहि हुन सक्दैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केहि हुन नसक्ने बताउनुभएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कांग्रेस सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले लोकतन्त्र, गणतन्त्रको विरुद्ध आवाज उठाउने प्रयास भइरहेको भन्दै लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केहि हुन नसक्ने बताउनुभएको हो ।

उहाँले अहिले एकतावद्ध भएर लोकतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । बिपीले ल्याएको मेलमिलाप र एकताको नीतिको आवश्यकता अझै बढेको उहाले बताउनुभयो ।

नेपालमा पार्टीहरुबीच पार्टीगत वैचारिक मतभेद भएपनि सबै पार्टीहरु एक ठाउँमा संस्कार अन्य देशमा भन्दा अलग गरेको धारणा राख्नुभयो ।