तिहार शुरु, रत्नपार्कमा काग सम्मेलन
काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सुरु भएका छ ।
तिहाको पहिलो दिन शनिबार काग तिहार मनाइएको छ । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । नेपाली समाजमा कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइन्छ । अझै पनि गाँउघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ ।
यसैबीच प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा काग सम्मेलन गरिएको छ । एकसय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौँ शान्ति बाटिकामा आयोजित पत्रकार सम्मेलनमा कागको आवाज निकालेर काग बोलाउँदै ‘बीसौँ काग सम्मेलन’ गर्नुभएको हो ।
सपनामा काग कराएको देखेपछि मैले आवाज निकाल्न सुरू गरेको हुँ । त्यसपछि काग तिहारमा सम्मेलन गर्ने गरेको उहाले बताउनुभयो । उहाँले १९ वर्षदेखि यसरी नै काग सम्मेलन गरिरहेको जानकारी दिनुभयो ।
